सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

JW लाइब्रेरी

प्लेलिस्ट प्रयोग गर्नुहोस्‌

प्लेलिस्ट प्रयोग गर्नुहोस्‌

व्यक्‍तिगत अध्ययन ट्याबमा तपाईँ भिडियो, अडियो र चित्रहरूको प्लेलिस्ट बनाउन सक्नुहुन्छ। उदाहरणको लागि, तपाईँ निम्न कुराहरू गर्न सक्नुहुन्छ:

  • तपाईँलाई मन पर्ने ईश्‍वरतान्त्रिक गीतहरूको प्लेलिस्ट बनाउन सक्नुहुन्छ

  • साक्षीकार्यमा प्रयोग गर्ने भिडियो र चित्रहरू जम्मा गर्न सक्नुहुन्छ

  • तपाईँले भाषणमा देखाउनुहुने चित्रहरूको प्लेलिस्ट तयार पारेर अडियो/भिडियोको काम गर्ने भाइहरूलाई दिन सक्नुहुन्छ

 प्लेलिस्ट बनाउनुहोस्‌ र त्यसमा सामग्री थप्नुहोस्‌

 प्लेलिस्ट मिलाउनुहोस्‌

 प्लेलिस्ट सेयर गर्नुहोस्‌

 किबोर्ड सर्टकर्टहरू

 प्लेलिस्ट बनाउनुहोस्‌ र त्यसमा सामग्री थप्नुहोस्‌

प्लेलिस्ट बनाउनुहोस्‌

  1. १. व्यक्‍तिगत अध्ययन > प्लेलिस्ट-मा जानुहोस्‌

  2. . प्लेलिस्ट थप्ने बटन थिच्नुहोस्‌

  3. ३. प्लेलिस्ट बनाउने वा प्लेलिस्ट इम्पोर्ट गर्ने रोज्नुहोस्‌

    • प्लेलिस्ट बनाउने: प्लेलिस्टको नाम लेख्नुहोस्‌ र बनाउनुहोस्‌ बटन थिच्नुहोस्‌

    • प्लेलिस्ट इम्पोर्ट गर्ने: प्लेलिस्ट इम्पोर्ट गर्न तपाईँको डिभाइसको फाइल ब्राउजरमा जानुहोस्‌

प्लेलिस्टमा सामग्रीहरू थप्नुहोस्‌

एपमा भएका भिडियो, गीत र अरू अडियोहरू

  1. १. कुनै एक सामग्रीमा थप भन्‍ने बटन थिच्नुहोस्‌

  2. २. प्लेलिस्टमा राख्ने बटन थिच्नुहोस्‌

  3. ३. भएकामध्ये कुनै एउटा प्लेलिस्ट रोज्नुहोस्‌ वा प्लेलिस्ट बनाउने बटन थिचेर नयाँ प्लेलिस्ट बनाउनुहोस्‌

एपमा भएका चित्रहरू

  1. १. चित्र रोज्नुहोस्‌

  2. २. प्लेलिस्टमा राख्ने बटन थिच्नुहोस्‌

  3. ३. भएकामध्ये कुनै एउटा प्लेलिस्ट रोज्नुहोस्‌ वा प्लेलिस्ट बनाउने बटन थिचेर नयाँ प्लेलिस्ट बनाउनुहोस्‌

बाहिरी स्रोतबाट सामग्रीहरू ल्याउने

तपाईँ कुनै पनि भिडियो, अडियो वा चित्रहरू प्लेलिस्टमा थप्न सक्नुहुन्छ।

  1. १. प्लेलिस्टहरू हुने खण्डमा जानुहोस्‌

  2. २. प्लेलिस्ट खोल्नुहोस्‌

  3. ३. फाइल इम्पोर्ट गर्ने बटन थिच्नुहोस्‌

  4. ४. कुनै सामग्री इम्पोर्ट गर्न तपाईँको डिभाइसको फाइल ब्राउजरमा जानुहोस्‌

 प्लेलिस्ट मिलाउनुहोस्‌

नाम परिवर्तन गर्ने

प्लेलिस्टको नाम परिवर्तन गर्नुहोस्‌:

  • यदि तपाईँ प्लेलिस्ट पेजमा हुनुहुन्छ भने कुनै एक प्लेलिस्टमा थप भन्‍ने बटन थिच्नुहोस्‌। त्यसपछि नाम परिवर्तन गर्ने बटनमा गएर नयाँ नाम लेख्नुहोस्‌

  • यदि तपाईँ कुनै प्लेलिस्टभित्र हुनुहुन्छ भने नाम परिवर्तन गर्ने बटन थिच्नुहोस्‌ र नयाँ नाम लेख्नुहोस्‌

प्लेलिस्टमा भएको कुनै सामग्रीको नाम परिवर्तन गर्नुहोस्‌:

  1. १. प्लेलिस्टको सामग्रीमा थप बटन थिच्नुहोस्‌

  2. २. नाम परिवर्तन गर्ने बटन थिच्नुहोस्‌ र नयाँ नाम लेख्नुहोस्‌

प्लेलिस्टको सामग्रीलाई तल-माथि सार्नुहोस्‌

  • प्लेलिस्टको सामग्रीलाई तानेर तल वा माथि सार्नुहोस्‌

कुनै पनि सामग्री स्टार्ट हुने सेटिङ परिवर्तन गर्नुहोस्‌

प्लेलिस्टको कुनै सामग्री खोल्दा त्यो आफै सुरु हुन्छ। तर तपाईँ सेटिङमा गएर त्यसलाई परिवर्तन गर्न सक्नुहुन्छ। तपाईँसित सामग्री प्ले गर्ने या पज गर्ने विकल्प हुनेछन्‌।

कुनै पनि सामग्री बन्द हुने सेटिङ परिवर्तन गर्नुहोस्‌

प्लेलिस्टको कुनै सामग्री सिद्धिएमा के हुने भन्‍ने कुराको सेटिङ मिलाउन:

  1. १. डिफल्ट अन्त गर्ने थिच्नुहोस्‌

  2. २. सिद्धिएपछि के हुने भन्‍नका लागि फरक विकल्प रोज्नुहोस्‌

पूर्वनिर्धारित विकल्प भनेको निरन्तर प्ले गरिरहने हो। चाहनुहुन्छ भने तपाईँ यो सेटिङ परिवर्तन गर्न सक्नुहुन्छ।

डिफल्ट अन्त गर्ने

जारी राख्ने

प्लेलिस्टमा भएको अर्को सामग्रीमा जाने

रोक्ने

प्लेलिस्टमा भएका सामग्रीको सूचीमा फर्कने

पज गर्ने

अर्को सामग्रीमा नगई चलिरहेकै सामग्रीको अन्तमा रोकिने

दोहोऱ्‍याउने

एउटै सामग्री फेरि सुरुदेखि प्ले गर्ने

 प्लेलिस्ट सेयर गर्नुहोस्‌

तपाईँले सेयर विशेषता प्रयोग गरेर अरूलाई प्लेलिस्ट सेयर गर्न सक्नुहुन्छ।

  • यदि तपाईँ प्लेलिस्ट पेजमा हुनुहुन्छ भने कुनै प्लेलिस्टमा थप बटन थिच्नुहोस्‌ र सेयर बटन थिचेर त्यहाँ दिइएको विकल्प रोज्नुहोस्‌

  • यदि तपाईँ प्लेलिस्टमा हुनुहुन्छ भने सेयर बटन थिचेर त्यहाँ दिइएको विकल्प रोज्नुहोस्‌

 किबोर्ड सर्टकर्टहरू

किबोर्ड सर्टकर्टहरूले प्लेलिस्टमा भएका सामग्रीहरू प्रयोग गर्न सजिलो बनाउँछ

विन्डोज्‌

म्याक-ओएस

पहिलेको प्लेलिस्ट सामग्री

पेज माथि

फङसन-माथि एरो

अर्को प्लेलिस्ट सामग्री

पेज तल

फङसन-तल एरो