सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू दशांश दिने गर्छन्‌?

यहोवाका साक्षीहरू दशांश दिने गर्छन्‌?

 अहँ, हामीकहाँ त्यस्तो चलन छैन। हाम्रो काममा लाग्ने खर्च स्वेच्छाले दिएको अनुदानबाट बेहोरिन्छ। दशांश भनेको के हो अनि यहोवाका साक्षीहरू किन दशांश दिने गर्दैनन्‌?

 पुरातन समयमा इस्राएलीहरूलाई एउटा व्यवस्था दिइएको थियो। त्यस व्यवस्थामा दशांश दिनुपर्ने अर्थात्‌ आफ्नो सम्पत्तिको दसौं भाग चढाउनुपर्ने नियम पनि समावेश थियो। तर त्यस व्यवस्थाको विषयमा पछि बाइबलले एउटा कुरा स्पष्ट पाऱ्‍यो। त्यो हो, इस्राएलीहरूलाई दिइएको त्यो व्यवस्था अहिलेका ख्रीष्टियनहरूले पालन गर्नु पर्दैन। त्यसैले “दशांश उठाउने आज्ञा” पनि अहिले हामीलाई लागू हुँदैन।​—हिब्रू ७:५, १८; कलस्सी २:​१३, १४.

 तोकिएको दशांश वा बलिदान चढाउने नियम पालन गर्नुभन्दा पनि यहोवाका साक्षीहरू प्रथम शताब्दीका ख्रीष्टियनहरूको अनुकरण गर्दै ख्रीष्टियन सेवाको काममा दुई तरिकाले मदत दिन्छन्‌। एउटा, विनाज्याला प्रचार गर्ने र सिकाउने काममा भाग लिएर। अर्को, स्वेच्छिक अनुदान दिएर।

 हामी ख्रीष्टियनहरू बाइबलमा दिइएको यो निर्देशन पालन गर्छौं: “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌, मन नलागी-नलागी वा करकापमा परेर होइन, किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।”​—२ कोरिन्थी ९:७.