सीधै सामग्रीमा जाने

कुनै यहोवाको साक्षीले ‘अबदेखि म यहोवाको साक्षी हुन चाहन्‍नँ’ भनेर राजीनामा दिन सक्छन्‌ कि सक्दैनन्‌?

कुनै यहोवाको साक्षीले ‘अबदेखि म यहोवाको साक्षी हुन चाहन्‍नँ’ भनेर राजीनामा दिन सक्छन्‌ कि सक्दैनन्‌?

 सक्छन्‌। हाम्रो सङ्‌गठनको कुनै पनि सदस्यले दुई तरिकामा यसो गर्न सक्छन्‌:

  •   औपचारिक अनुरोधद्वारा। कुनै पनि यहोवाको साक्षीले ‘अबदेखि म यहोवाको साक्षी हुन चाहन्‍नँ’ भनेर लिखित रूपमा वा मौखिक रूपमा राजीनामा दिन सक्छन्‌।

  •   कामद्वारा। कुनै व्यक्‍तिले गरेको कामले पनि ऊ यहोवाको साक्षी हुन चाहँदैन भन्‍ने कुरा देखिन्छ। यस्तो अवस्थामा उसको सदस्यता स्वतः खारेज हुन्छ। (१ पत्रुस ५:९) जस्तै, ऊ अर्कै धर्ममा लाग्न सक्छ र त्यही धर्ममा लागिरहन चाहेको हुन सक्छ।—१ यूहन्‍ना २:१९.

कोही प्रचार र सभा जान छोड्यो भने नि? यस्तो अवस्थामा उसले राजीनामा दिएको ठहरिन्छ?

 ठहरिंदैन। राजीनामा दिनु वा धर्म छोड्‌नु विश्‍वास कमजोर हुनुभन्दा फरक कुरा हो। प्रायजसो अवस्थामा कुनै व्यक्‍ति केही समयको लागि विश्‍वासमा कमजोर भयो अनि उपासनाका कार्यक्रमहरूमा भाग लिन छोड्यो भन्दैमा उसले परमेश्‍वरलाई त्याग्यो भन्‍न मिल्दैन। तर ऊ निराश भएकोले यस्तो अवस्थामा पुगेको हुन सक्छ। हामी ऊदेखि टाढा हुँदैनौं बरु उसलाई सान्त्वना दिन्छौं र मदत गर्छौं। (१ थिस्सलोनिकी ५:१४; यहूदा २२) यदि उक्‍त सदस्य मदत चाहन्छन्‌ भने मण्डलीका एल्डरहरू उसलाई आध्यात्मिक मदत दिन सधैं तयार छन्‌।—गलाती ६:१; १ पत्रुस ५:१-३.

 तर कसैलाई यहोवाको साक्षी भइरहन जबरजस्ती गर्ने वा दबाब दिने अधिकार एल्डरहरूलाई दिइएको छैन। कुन धर्म मान्‍ने भन्‍ने कुरा व्यक्‍ति आफैले निर्णय गर्न सक्छन्‌। (यहोशू २४:१५) मानिसले कसैको करकापमा परेर होइन, राजीखुसीले अनि मनैदेखि यहोवा परमेश्‍वरको उपासना गर्नुपर्छ।—भजन ११०:३; मत्ती २२:३७.