सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू आफ्नो धर्म मात्रै साँचो हो भनेर विश्‍वास गर्छन्‌?

यहोवाका साक्षीहरू आफ्नो धर्म मात्रै साँचो हो भनेर विश्‍वास गर्छन्‌?

 धर्मको बारेमा गम्भीर भएर सोच्ने जो कोहीले पनि आफूले मानेको धर्म परमेश्‍वरको नजरमा स्वीकार्य छ कि छैन भनेर पक्का गर्नै पर्छ। नत्र धर्म मान्‍नुको अर्थ नै के रहन्छ र!

 उद्धार पाउनको लागि जुन धर्म माने पनि हुन्छ, जुन बाटो हिंडे पनि हुन्छ भनेर येशूले सिकाउनुभएन। बरु उहाँले यसो भन्‍नुभयो: “जीवनतर्फ लैजाने ढोका साँघुरो र बाटो अप्ठेरो हुन्छ अनि यो भेट्टाउने थोरै हुन्छन्‌।” (मत्ती ७:१४) यहोवाका साक्षीहरू आफूले सही बाटो भेट्टाएका छौं भनेर विश्‍वास गर्छन्‌। नत्र तिनीहरूले अर्कै धर्म खोजिहाल्थे नि!