प्रहरीधरहरा—अध्ययन संस्करण मार्च २०१७

यस अङ्‌कमा मे १-२८, २०१७ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

जीवनी

मैले बुद्धिमान्‌हरूसित सङ्‌गत गरेर धेरै कुरा सिकें

पूर्ण-समय सेवामा लाग्दा विलियम स्यामूएल्सनले थुप्रै नयाँ अनि चुनौतीपूर्ण असाइनमेन्ट पाए।

आदर गर्नुपर्नेलाई आदर गर्नुहोस्

हामीले क-कसलाई आदर गर्नुपर्छ र किन? आदर गर्नुपर्नेलाई आदर देखाउँदा हामीलाई कस्ता फाइदाहरू हुन्छन्‌?

यहोवामाथि विश्वास गर्दै बुद्धिमानी निर्णय गर्नुहोस्!

हामीले गर्ने निर्णयले पूरै जीवनलाई असर गर्न सक्छ। सही निर्णय गर्न हामीलाई केले मदत गर्छ?

सारा हृदयले यहोवाको सेवा गर्नुहोस्!

आसा, यहोशापात, हिजकियाह र योशियाह: यी चारै जना यहूदी राजाले गल्ती गरे। तैपनि यहोवाले ती राजाहरूले सारा हृदयले उहाँको सेवा गरिरहेको पाउनुभयो, किन?

हाम्रो लागि लेखिएका कुराहरूमा के तपाईंले आफ्नो मन लगाउनुहुनेछ?

अरू मानिस र बाइबलमा उल्लेख गरिएका व्यक्तिहरूको गल्तीबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं।

गाह्रो अवस्थामा साथीलाई नत्याग्नुहोस्

तपाईंको साथीलाई सही बाटोमा फर्कन मदत चाहिरहेको हुन सक्छ। तपाईं कसरी मदत गर्न सक्नुहुन्छ?

एउटा पुरानो भाँडोमा बाइबल पात्रको नाम

सन्‌ २०१२ मा पुरातत्त्वविद्‌हरूले ३,००० वर्ष पुरानो माटोको भाँडोका टुक्राटाक्री फेला पारे। उनीहरूको लागि यो निकै चासोको विषय थियो। किन? त्यो भाँडोमा खास त्यस्तो के थियो?