सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?

४ | ईश्‍वरको मदत पाएर घृणामाथि विजयी हुनुहोस्‌

४ | ईश्‍वरको मदत पाएर घृणामाथि विजयी हुनुहोस्‌

बाइबलको शिक्षा:

“पवित्र शक्‍तिको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वास, नम्रता, आत्मसंयम हो।”गलाती ५:२२, २३.

यसको अर्थ के हो?

ईश्‍वरको मदत पाएर हामी घृणामाथि विजय हासिल गर्न सक्छौँ। आफ्नै भरमा कहिल्यै विकास गर्न नसकिने असल गुणहरू हामी ईश्‍वरको शक्‍ति पाएर विकास गर्न सक्छौँ। त्यसैले घृणामाथि विजय हासिल गर्न आफ्नै बलमा भर पर्नुको साटो ईश्‍वरको मदतमा भर पर्नुपर्छ। त्यसो गऱ्‍यौँ भने हामीले पनि बाइबलको एक लेखक पावलले जस्तै अनुभव गर्न सक्नेछौँ। तिनले लेखे: “जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।” (फिलिप्पी ४:१३) हो, हामी पनि यसो भन्‍न सक्नेछौँ: “मलाई मदत यहोवाबाट आउँछ।”—भजन १२१:२.

तपाईँ के गर्न सक्नुहुन्छ?

“यहोवाको मदत पाएर म हिंस्रकबाट शान्तिप्रेमी व्यक्‍ति बन्‍न सकेँ।”—वाल्डो

यहोवालाई मनैदेखि प्रार्थना गरेर उहाँको पवित्र शक्‍ति माग्नुहोस्‌। (लुका ११:१३) उहाँका जस्तै गुणहरू झल्काउन मदत गर्नुहोस्‌ भनेर बिन्ती गर्नुहोस्‌। घृणा हटाउन मदत गर्ने गुणहरूबारे बाइबलमा अध्ययन गर्नुहोस्‌। प्रेम, शान्ति, धीरज र आत्मसंयमजस्ता गुणहरू कसरी विकास गर्न सक्छु भनेर विचार गर्नुहोस्‌। साथै यस्ता गुणहरू विकास गर्न कडा मेहनत गरिरहेका मानिसहरूसित सङ्‌गत गर्नुहोस्‌। तिनीहरूले तपाईँलाई “प्रेम र सुकर्म गर्न उत्साहित” पार्नेछन्‌।—हिब्रू १०:२४.