बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू

यस किताबमा तपाईँ सृष्टिको विवरणदेखि येसुको जन्म र सेवाको कामसम्म अनि आउँदै गरेको राज्यबारे सबै विवरण पढ्‌न सक्नुहुन्छ।

परिचालक निकायको पत्र

यो किताब कसरी प्रयोग गर्न सकिन्छ?

पाठ १

परमेश्‍वरले आकाश र पृथ्वी बनाउनुभयो

परमेश्‍वरले आकाश र पृथ्वी बनाउनुभयो भनेर बाइबलमा बताइएको छ। परमेश्‍वरले किन अरू सबै थोक बनाउनुअघि एक जना स्वर्गदूत बनाउनुभयो?

पाठ २

परमेश्‍वरले पहिलो पुरुष र स्त्री बनाउनुभयो

परमेश्‍वरले पहिलो पुरुष र स्त्री बनाउनुभयो र तिनीहरूलाई अदनको बगैँचामा राख्नुभयो। तिनीहरूले छोराछोरी जन्माएको र पृथ्वीलाई एउटा सुन्दर बगैँचा बनाएको परमेश्‍वर चाहनुहुन्थ्यो।

पाठ ३

आदम र हव्वाले परमेश्‍वरको आज्ञा मानेनन्‌

अदनको बगैँचामा भएको एउटा रूख किन विशेष थियो? हव्वाले किन त्यस रूखको फल खाइन्‌?

पाठ ४

रिसले गलत काम गर्न लगाउन सक्छ

परमेश्‍वर हाबिलको भेटीसित खुसी हुनुभयो तर कयिनको भेटीसित भने खुसी हुनुभएन। यो थाह पाएपछि कयिन रिसले चूर भए र असाध्यै नराम्रो काम गरे।

पाठ ५

नुहको जहाज

खराब स्वर्गदूतहरूले पृथ्वीका स्त्रीहरूसित विवाह गरेपछि तिनीहरूबाट जन्मिएका छोराहरू राक्षसजस्तै बलिया भए। पृथ्वी हिंसाले भरियो। तर नुह यहोवालाई प्रेम गर्थे र उहाँको आज्ञा मान्थे।

पाठ ६

आठ जना बचे

चालीस दिनसम्म दिनरात पानी पऱ्‍यो। नुह र तिनको परिवार जहाजभित्र एक वर्षभन्दा लामो समय रहे। त्यसपछि तिनीहरू जहाजबाट निस्कन सके।

पाठ ७

बाबेलको धरहरा

केही मानिसले एउटा सहर र स्वर्गसम्मै पुग्ने एउटा धरहरा बनाउने निर्णय गरे। परमेश्‍वरले किन अचानक तिनीहरूको भाषा खलबल पारिदिनुभयो?

पाठ ८

अब्राहाम र साराले परमेश्‍वरको आज्ञा पालन गरे

अब्राहाम र साराले आफ्नो घर छोडेर कनानमा फिरन्ते जीवन बिताउनुको कारण के थियो?

पाठ ९

बल्ल एउटा छोरा जन्मियो!

अब्राहामसित गर्नुभएको प्रतिज्ञा यहोवाले कसरी पूरा गर्नुहुने थियो? त्यो प्रतिज्ञा इसहाकमार्फत पूरा हुने थियो कि इस्माएलमार्फत?

पाठ १०

लुतकी पत्नीलाई सम्झ

यहोवा परमेश्‍वरले सदोम र गमोरामाथि आगो र गन्धक बर्साउनुभयो। ती सहरहरूलाई परमेश्‍वरले किन नाश गर्नुभयो? हामीले किन लुतकी पत्नीलाई सम्झनुपर्छ?

पाठ ११

विश्‍वासको जाँच

परमेश्‍वरले अब्राहामलाई यसो भन्‍नुभयो: ‘तिमीले माया गर्ने तिम्रो एक मात्र छोरा इसहाकलाई लिएर मोरियाह डाँडामा जाऊ र तिनलाई बलिको रूपमा चढाऊ।’ यो अब्राहामको लागि कसरी विश्‍वासको जाँच हुने थियो?

पाठ १२

याकुबले ज्येष्ठ अधिकार पाए

इसहाक र रिबेकाको जुम्ल्याहा छोरा भए। तिनीहरूको नाम एसाव र याकुब थियो। एसाव जेठो भएकोले तिनले विशेष पैतृक सम्पत्ति पाउने थिए। तर तिनले किन एक कचौरा सुरुवाको लागि आफ्नो ज्येष्ठ अधिकार बेचे?

पाठ १३

याकुब र एसावले शान्ति कायम गरे

याकुबले कसरी स्वर्गदूतबाट आशिष्‌ पाए? आफ्नो दाइसित तिनले कसरी शान्ति कायम गरे?

पाठ १४

एक जना दासले परमेश्‍वरको आज्ञा पालन गरे

युसुफले जे सही थियो, त्यही गरे तैपनि तिनले असाध्यै दुःख भोग्नुपऱ्‍यो। किन?

पाठ १५

यहोवाले युसुफलाई कहिल्यै बिर्सनुभएन

युसुफ आफ्नो परिवारबाट टाढा भए तापनि यहोवा तिनको साथमा हुनुहुन्छ भनेर उहाँले प्रस्ट पार्नुभयो।

पाठ १६

अय्युब को थिए?

गाह्रो हुँदा पनि अय्युबले यहोवा परमेश्‍वरको कुरा सुने।

पाठ १७

मोसाले यहोवा परमेश्‍वरको उपासना गर्ने निर्णय गरे

मोसा सानो छँदा तिनकी आमाको चलाखीले गर्दा तिनको ज्यान जोगियो।

पाठ १८

बलिरहेको झाडी

झाडीमा आगो लागे पनि किन त्यो डढेन?

पाठ १९

पहिलो तीन विपत्ति

फारो घमन्डी भएकोले तिनी एउटा साधारण काम गर्न मान्दैनन्‌ र आफ्ना मानिसहरूमाथि विपत्ति ल्याउँछन्‌।

पाठ २०

अर्को छ वटा विपत्ति

यी विपत्तिहरू सुरुका तीन विपत्तिहरूभन्दा कसरी फरक थिए?

पाठ २१

दसौँ विपत्ति

यो विपत्ति यस्तो भयानक थियो कि घमन्डी फारोसमेत हार मान्‍न बाध्य भए।

पाठ २२

लाल समुद्रमा चमत्कार

फारो दस विपत्तिबाट त बचे तर के परमेश्‍वरले गर्नुभएको यस चमत्कारबाट पनि बचे?

पाठ २३

यहोवा परमेश्‍वरसित बाँधेको वाचा

इस्राएलीहरूले सिनै डाँडामा पाल टाँगेर बसेको बेला परमेश्‍वरसित विशेष वाचा बाँधे।

पाठ २४

तिनीहरूले आफ्नो वाचा तोडे

मोसाले दस आज्ञा पाउँदा मानिसहरूले घोर पाप गरिसकेका थिए।

पाठ २५

उपासनाको लागि वासस्थान

यो विशेष पालमा करारको सन्दुक थियो।

पाठ २६

बाह्र जना जासुस

कनान देशमा जासुसी गर्न गएका १० जना पुरुषभन्दा यहोसु र कालेब फरक थिए।

पाठ २७

तिनीहरूले यहोवा परमेश्‍वरको विरोध गरे

कोरह, दातान, अबिराम र अरू २५० जनाले यहोवा परमेश्‍वरबारे एउटा महत्त्वपूर्ण कुरा बुझेनन्‌।

पाठ २८

बालामको गधा बोल्छ

बालामले देख्न नसकेको स्वर्गदूतलाई तिनको गधाले देख्छ

पाठ २९

यहोवा परमेश्‍वरले यहोसुलाई रोज्नुभयो

परमेश्‍वरले यहोसुलाई दिनुभएका निर्देशनहरूले अहिले हामीलाई पनि मदत गर्छन्‌।

पाठ ३०

राहाबले जासुसहरूलाई लुकाइन्‌

यरिहोको पर्खाल गर्ल्यामगुर्लुम ढल्यो। तर राहाबको घर पर्खालमाथि बनाइएको भए तापनि त्यसलाई केही भएन।

पाठ ३१

यहोसु र गिबोनीहरू

‘हे सूर्य, अडिरह!’ भनेर यहोसुले प्रार्थना गरे। के परमेश्‍वरले तिनको प्रार्थनाको जवाफ दिनुभयो?

पाठ ३२

नयाँ नाइके र दुई साहसी स्त्री

यहोसुको मृत्युपछि इस्राएलीहरूले मूर्ति पुज्न थाले। तिनीहरूको जीवन कष्टकर भयो तर यहोवाले न्यायकर्ता बाराक, भविष्यवक्‍ता दबोरा अनि याएल र पालको किला चलाएर मदत गर्नुभयो।

पाठ ३३

रुथ र नाओमी

आ-आफ्नो पति गुमाएका दुई स्त्री इस्राएल फर्किए। तीमध्ये एक जना रुथ खेतमा काम गर्न गइन्‌ र त्यहाँ तिनलाई बोअजले याद गरे।

पाठ ३४

गिदोनले मिद्यानीहरूलाई हराए

मिद्यानीहरूले धेरै दुःख दिएपछि इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई गुहारे। गिदोनको सानो सेनाले शत्रुहरूको १ लाख ३५ हजार सिपाहीलाई कसरी हरायो?

पाठ ३५

हन्‍ना एउटा छोराको लागि प्रार्थना गर्छिन्‌

एल्कानाले हन्‍ना, पनिन्‍नाह र छोराछोरीलाई वासस्थानमा उपासना गर्नको लागि सिलो लगे। त्यहाँ हन्‍ना एउटा छोराको लागि प्रार्थना गर्छिन्‌। एक वर्षपछि उनले समुएललाई जन्माइन्‌!

पाठ ३६

यिप्तहको भाकल

यिप्तहले कस्तो भाकल गरे र किन? यिप्तहकी छोरीले उनको बुबाको भाकल सुनेपछि के गरिन्‌?

पाठ ३७

यहोवा परमेश्‍वर समुएलसित बोल्नुहुन्छ

प्रधानपुजारी एलिका दुई छोरा वासस्थानको पुजारी थिए तर तिनीहरू यहोवा परमेश्‍वरको नियम पालन गर्दैनथे। ठिटो समुएल भने फरक थिए। यहोवा परमेश्‍वर समुएलसित बोल्नुभयो।

पाठ ३८

यहोवा परमेश्‍वरले सिमसोनलाई बल दिनुभयो

पलिस्तियालीहरूसित लड्‌न परमेश्‍वरले सिमसोनलाई बलियो बनाउनुभयो तर सिमसोनको एउटा गलत निर्णयको कारण पलिस्तियालीहरूले तिनलाई पक्रे।

पाठ ३९

इस्राएलको पहिलो राजा

यहोवाले इस्राएलीहरूको अगुवाइ गर्न न्यायकर्ताहरू दिनुभएको थियो। तर तिनीहरूले राजा मागे। समुएलले साउललाई पहिलो राजा अभिषेक गरे। पछि उहाँले किन साउललाई त्याग्नुभयो?

पाठ ४०

दाउद र गोल्यत

यहोवा दाउदलाई इस्राएलको भावी राजा अभिषेक गर्नुहुन्छ र दाउद आफू राजा हुन योग्य छु भनेर देखाउँछन्‌।

पाठ ४१

दाउद र साउल

यी पुरुषहरूमध्ये किन एक जनाको मन घृणाले भरिएको छ? अनि घृणाको पात्र भएको पुरुषले कस्तो व्यवहार गर्छन्‌?

पाठ ४२

साहसी र वफादार जोनाथन

राजाको छोरा दाउदको मिल्ने साथी बन्छन्‌।

पाठ ४३

राजा दाउदको पाप

एउटा गलत निर्णयले धेरै समस्या निम्त्याउँछ।

पाठ ४४

यहोवा परमेश्‍वरको लागि मन्दिर

परमेश्‍वरले राजा सुलेमानको आग्रह स्विकार्नुहुन्छ र तिनलाई ठूलठूला सुअवसरहरू दिनुहुन्छ।

पाठ ४५

इस्राएल दुई भाग हुन्छ

थुप्रै इस्राएली यहोवा परमेश्‍वरको सेवा गर्न छोड्‌छन्‌।

पाठ ४६

कर्मेल डाँडामा परीक्षा

साँचो परमेश्‍वर को हो? यहोवा कि बाआल?

पाठ ४७

यहोवा परमेश्‍वर एलियालाई बलियो पार्नुहुन्छ

के उहाँले तिमीलाई पनि बलियो पार्न सक्नुहुन्छ?

पाठ ४८

विधवाको छोरा फेरि जीवित भयो

एउटै घरमा दुइटा चमत्कार!

पाठ ४९

दुष्ट रानीलाई सजाय दिइन्छ

नाबोथको अङ्‌गुरको बगान लिन ईजेबेल तिनको हत्या गर्ने योजना बनाउँछिन्‌। तर उनको दुष्ट्याइँ यहोवा परमेश्‍वरले देख्नुहुन्छ।

पाठ ५०

यहोवा परमेश्‍वर यहोसापातलाई बचाउनुहुन्छ

शत्रु राज्यहरूले यहुदामाथि आक्रमण गर्ने खतरा आइपरेपछि असल राजा यहोसापात परमेश्‍वरलाई पुकार्छन्‌।

पाठ ५१

एक योद्धा र एउटी ठिटी

एउटी इस्राएली ठिटी आफ्नी मालिक्नीलाई यहोवा परमेश्‍वरको चमत्कार गर्न सक्ने शक्‍तिबारे बताउँछिन्‌।

पाठ ५२

यहोवा परमेश्‍वरको अग्निमय सेना

एलिसाको चाकरले ‘तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै’ भएको कसरी देखे?

पाठ ५३

यहोयादाको साहस

एक जना वफादार पुजारी दुष्ट रानीविरुद्ध खडा हुन्छन्‌।

पाठ ५४

यहोवाले योनासित धीरजी भई व्यवहार गर्नुभयो

परमेश्‍वरको भविष्यवक्‍तालाई किन एउटा विशाल माछाले निल्यो? तिनी कसरी माछाको पेटबाट बाहिर निस्किए? अनि यहोवा परमेश्‍वरले तिनलाई कस्तो पाठ सिकाउनुभयो?

पाठ ५५

यहोवाको स्वर्गदूतले हिजकियाहको रक्षा गरे

यहुदाका शत्रुहरू यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई बचाउनुहुन्‍न भन्छन्‌ तर तिनीहरू कत्ति गलत छन्‌!

पाठ ५६

योसियाह परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्थे

योसियाह आठ वर्षको हुँदा राजा हुन्छन्‌ अनि तिनी मानिसहरूलाई यहोवा परमेश्‍वरको उपासना गर्न मदत गर्छन्‌।

पाठ ५७

यहोवा यर्मियालाई प्रचार गर्न पठाउनुहुन्छ

यो जवान भविष्यवक्‍ताको कुरा सुनेर मुखियाहरू क्रोधित हुन्छन्‌।

पाठ ५८

यरुसलेम विनाश हुन्छ

यहुदाका मानिसहरू झूटो उपासना गर्न छोड्‌दैनन्‌, त्यसैले यहोवा परमेश्‍वर तिनीहरूलाई त्याग्नुहुन्छ।

पाठ ५९

यहोवाको आज्ञा पालन गर्ने चार युवक

बेबिलोनको दरबारमा समेत जवान यहुदीहरू यहोवा परमेश्‍वरप्रति वफादार रहन दृढ छन्‌।

पाठ ६०

सदासर्वदा रहिरहने एउटा राज्य

नबुकद्‌नेजरले देखेको अचम्मलाग्दो सपनाको अर्थ दानिएल खोलिदिन्छन्‌।

पाठ ६१

तिनीहरूले ढोगेनन्‌

सद्रक, मेसक र अबेद्‌नेगो बेबिलोनका राजाले बनाएको सुनको मूर्तिलाई ढोग्दैनन्‌।

पाठ ६२

ठूलो रूखजस्तै एउटा राज्य

नबुकद्‌नेजरले देखेको सपना तिनको आफ्नै भविष्यसित सम्बन्धित छ।

पाठ ६३

भित्तामा लेखिएका शब्दहरू

कसैले बुझ्न नसक्ने शब्दहरू कुन बेला देखा पर्छ र ती शब्दहरूको अर्थ के हो?

पाठ ६४

दानिएल सिंहको खोरमा

दानिएलले जस्तै दिनदिनै यहोवा परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ।

पाठ ६५

एस्तर आफ्ना मानिसहरूलाई बचाउँछिन्‌

तिनी विदेशी र अनाथ थिइन्‌ तर पछि रानी बनिन्‌।

पाठ ६६

एज्राले परमेश्‍वरको व्यवस्था सिकाए

एज्राको कुरा सुनेपछि इस्राएलीहरूले यहोवा परमेश्‍वरसित विशेष वाचा बाँधे।

पाठ ६७

यरुसलेमको पर्खाल

शत्रुहरूले आक्रमण गर्ने योजना बनाइरहेको कुरा नहेम्याहले थाह पाए। तर तिनी किन डराएनन्‌?

पाठ ६८

इलिसिबा एउटा बच्चा जन्माउँछिन्‌

इलिसिबाको पतिलाई बच्चा नजन्मिएसम्म तिनी गुँगो हुनेछन्‌ भनेर किन भनियो?

पाठ ६९

गब्रिएल मरियमलाई भेट्‌छन्‌

स्वर्गदूतले मरियमलाई सुनाएको सन्देशले तिनको जीवन परिवर्तन भयो।

पाठ ७०

स्वर्गदूतहरू येसुको जन्मको घोषणा गर्छन्‌

येसुको जन्मको घोषणा सुनेका गोठालाहरूले तुरुन्तै कदम चाले।

पाठ ७१

यहोवा परमेश्‍वरले येसुको रक्षा गर्नुभयो

एक जना दुष्ट राजा येसुलाई मार्न चाहन्थे।

पाठ ७२

येसु बाह्र वर्षको हुनुहुँदा

येसुले मन्दिरमा शिक्षकहरूलाई कसरी छक्क पार्नुभयो?

पाठ ७३

युहन्‍ना बाटो तयार पार्छन्‌

युहन्‍ना हुर्केपछि भविष्यवक्‍ता हुन्छन्‌। मसीह आउँदै हुनुहुन्छ भनेर तिनी मानिसहरूलाई सिकाउँछन्‌। तिनको सन्देश सुनेपछि मानिसहरू के गर्छन्‌?

पाठ ७४

येसु मसीह बन्‍नुहुन्छ

युहन्‍नाले किन येसुलाई परमेश्‍वरको पाठो भने?

पाठ ७५

दियाबल येसुको परीक्षा लिन्छ

दियाबल तीन चोटि येसुको परीक्षा लिन्छ। त्यसले देखाएको तीन प्रलोभन के-के हुन्‌? येसु के गर्नुहुन्छ?

पाठ ७६

येसु मन्दिर सफा गर्नुहुन्छ

कोर्रा चलाएर येसु किन मन्दिरबाट भेडा र गाईवस्तु लघार्नुहुन्छ अनि पैसा साट्‌नेहरूको टेबुल पल्टाइदिनुहुन्छ?

पाठ ७७

इनारको छेउमा एउटी स्त्री

याकुबको इनारमा सामरियाली स्त्री येसुले तिनीसित कुरा गर्नुभएकोमा छक्क पर्छिन्‌। किन? येसुले अरू कसैलाई नभन्‍नुभएको कुन कुरा ती स्त्रीलाई भन्‍नुहुन्छ?

पाठ ७८

येसु परमेश्‍वरको राज्यको सन्देश प्रचार गर्नुहुन्छ

येसु आफ्ना केही चेलाहरूलाई “मानिसहरूको जलारी” बन्‍न निम्तो दिनुहुन्छ। पछि उहाँ आफ्ना ७० जना चेलालाई सुसमाचारको सन्देश घोषणा गर्न तालिम दिनुहुन्छ।

पाठ ७९

येसु चमत्कारहरू गर्नुहुन्छ

येसु जानुभएका ठाउँहरूमा बिरामीहरू निको हुन उहाँकहाँ आउँछन्‌ र उहाँ तिनीहरूलाई निको पारिदिनुहुन्छ। उहाँ मरिसकेकी एउटी केटीलाई जीवित पार्नुहुन्छ।

पाठ ८०

येसु बाह्र प्रेषित रोज्नुहुन्छ

उहाँ तिनीहरूलाई कुन कामको लागि रोज्नुहुन्छ? के तपाईँ तिनीहरूको नाम सम्झिन सक्नुहुन्छ?

पाठ ८१

डाँडाको उपदेश

येसु भीडलाई थुप्रै महत्त्वपूर्ण कुरा सिकाउनुहुन्छ।

पाठ ८२

येसु आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुहुन्छ

उहाँले आफ्ना चेलाहरूलाई कस्ता कुराहरू मागिरहो भन्‍नुभयो?

पाठ ८३

येसु हजारौँ मानिसलाई खुवाउनुहुन्छ

यस चमत्कारबाट हामी येसु र यहोवा परमेश्‍वरबारे के थाह पाउँछौँ?

पाठ ८४

येसु पानीमाथि हिँड्‌नुहुन्छ

यस्तो चमत्कार देख्दा प्रेषितहरूले कस्तो महसुस गरे होलान्‌, के तिमी कल्पना गर्न सक्छौ?

पाठ ८५

येसु विश्रामदिनमा निको पार्नुहुन्छ

येसुले गर्नुभएको काम देखेर किन सबै खुसी छैनन्‌?

पाठ ८६

येसु लाजरसलाई जीवित पार्नुहुन्छ

मरियम रोइरहेकी देखेपछि येसु पनि रुन थाल्नुहुन्छ। तर चाँडै उहाँहरूको आँसु आनन्दमा परिणत हुन्छ।

पाठ ८७

अन्तिम भोज

आफ्ना प्रेषितहरूसितको अन्तिम भोजमा येसु तिनीहरूलाई महत्त्वपूर्ण निर्देशनहरू दिनुहुन्छ।

पाठ ८८

येसु पक्राउ पर्नुभयो

तरबार र लाठाहरू लिएर गेत्समनीको बगैँचामा आएको भीडको अघिअघि यहुदा इस्करियोत छन्‌। तिनी येसुलाई पक्रन आएका हुन्‌।

पाठ ८९

पत्रुस येसुलाई चिन्‍न इन्कार गर्छन्‌

कैयाफाको घरको चोकमा के हुन्छ? घरभित्र के भइरहेको छ?

पाठ ९०

येसु गलगथामा मर्नुहुन्छ

पिलातस किन येसुलाई मार्ने आदेश दिन्छन्‌?

पाठ ९१

येसु फेरि जीवित हुनुभयो

येसुको मृत्युपछि कस्ता अचम्मका घटनाहरू घट्‌छन्‌?

पाठ ९२

येसु जलारीहरूसामु देखा पर्नुहुन्छ

तिनीहरूको ध्यान आफूतर्फ खिच्न येसु के गर्नुहुन्छ?

पाठ ९३

येसु स्वर्ग फर्कनुहुन्छ

उहाँ स्वर्ग फर्कनुअघि आफ्ना अनुयायीहरूलाई केही महत्त्वपूर्ण निर्देशन दिनुहुन्छ।

पाठ ९४

चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइन्छ

पवित्र शक्‍तिले तिनीहरूलाई कस्तो चमत्कार गर्ने शक्‍ति दिन्छ?

पाठ ९५

तिनीहरूलाई कुनै कुराले रोक्न सकेन

येसुलाई मार्न लगाएका धर्मगुरुहरू अब चेलाहरूको मुख बन्द गर्न खोज्दै छन्‌। तर तिनीहरू सफल हुँदैनन्‌।

पाठ ९६

येसु सावललाई रोज्नुहुन्छ

सावलले ख्रिष्टियनहरूको धेरै खेदो गरे तर तिनी परिवर्तन हुन लागेका छन्‌।

पाठ ९७

कर्निलियसमाथि पवित्र शक्‍ति खन्याइन्छ

परमेश्‍वर पत्रुसलाई किन एक जना अन्यजातिको घरमा पठाउनुहुन्छ?

पाठ ९८

ख्रिष्टियन धर्म थुप्रै ठाउँमा फैलिन्छ

प्रेषित पावल र तिनका सहयात्रीहरू प्रचार गर्न टाढा-टाढासम्म जान्छन्‌।

पाठ ९९

एक जना जेलर सत्य सिक्छन्‌

पावल र सिलासलाई किन झ्यालखानामा हालियो? कुन घटनाले गर्दा जेलरले सत्य सिके?

पाठ १००

पावल र तिमोथि

यी दुई पुरुष मिल्ने साथी थिए र तिनीहरूले धेरै वर्ष सँगै मिलेर सेवा गरे।

पाठ १०१

पावललाई रोम पठाइन्छ

यात्रामा खतरै खतरा छ तर यी प्रेषितलाई कुनै कुराले रोक्न सक्दैन।

पाठ १०२

युहन्‍नाले देखेका दर्शनहरू

येसुले तिनलाई भविष्यमा हुने घटनाहरूबारे दर्शनहरू देखाउनुहुन्छ।

पाठ १०३

“तपाईँको राज्य आओस्‌”

युहन्‍नाले देखेका दर्शनहरूबाट परमेश्‍वरको राज्यले पृथ्वीमा कस्ता परिवर्तनहरू गर्नेछ भनेर प्रस्ट हुन्छ।