सीधै सामग्रीमा जाने

के जूवा खेल्नु पाप हो?

के जूवा खेल्नु पाप हो?

बाइबलको जवाफ

 बाइबलले जूवाबारे एक-एक कुरा बताएको छैन। तर परमेश्‍वरको नजरमा जूवा खेल्नु पाप हो। यो कुरा बाइबलका सिद्धान्तहरूबाट थाह पाउन सक्छौं।—एफिसी ५:१७. a

  •   लोभले गर्दा मानिसहरू जूवा खेल्छन्‌। तर परमेश्‍वर लोभी मानिसहरूलाई मन पराउनुहुन्‍न। (१ कोरिन्थी ६:९, १०; एफिसी ५:३, ५) जूवा खेल्नेहरू अरूको पैसा आफ्नो बनाउन चाहन्छन्‌। तर बाइबलले अरूको धनसम्पत्तिको लालच गर्नु हुँदैन भनेर सिकाउँछ।—प्रस्थान २०:१७; रोमी ७:७; १३:९, १०.

  •   थोरै पैसा हालेर जूवा खेले पनि त्यसले पैसाप्रतिको प्रेम बढाउँछ, जुन हानिकारक हुन्छ।—१ तिमोथी ६:९, १०.

  •   धेरैजसो जूवा खेल्नेहरू अन्धविश्‍वासी हुन्छन्‌ अनि भाग्यमा भरोसा गर्छन्‌। तर यसलाई परमेश्‍वरले मूर्तिपूजासरह ठान्‍नुहुन्छ। किनभने मूर्तिपूजा परमेश्‍वरलाई उपासना गर्ने तरिकासित मेल खाँदैन।—यशैया ६५:११.

  •   बाइबलले कडा परिश्रम गर्नुपर्छ भनेर सिकाउँछ। (उपदेशक २:२४; एफिसी ४:२८) त्यसैले काम नगरीकनै केही पाउन चाहनु गलत हो। कडा परिश्रम गर्नेहरूले “आफ्नै हातले कमाएको” खान्छन्‌।—२ थिस्सलोनिकी ३:१०, १२.

  •   जूवाले प्रतिस्पर्धाको भाव जगाउँछ। यस्तो भाव नराख्न बाइबलले सल्लाह दिन्छ।—गलाती ५:२६.

a रोमी सिपाहीहरूले येशूको लुगामा ‘गोला हालेर’ जूवा खेलेका थिए। बाइबलमा जूवाबारे यही एक पटक मात्र उल्लेख गरिएको छ।—मत्ती २७:३५; यूहन्‍ना १९:२३, २४.