सीधै सामग्रीमा जाने

के परमेश्‍वरको नाम येशू हो?

के परमेश्‍वरको नाम येशू हो?

बाइबलको जवाफ

 येशूले आफूलाई “परमेश्‍वरको छोरा” भनी चिनाउनुभयो। (यूहन्‍ना १०:३६; ११:४) उहाँले आफूलाई सर्वशक्‍तिमान्‌ परमेश्‍वर भनेर कहिल्यै चिनाउनुभएन।

 साथै उहाँले परमेश्‍वरलाई प्रार्थना गर्नुभयो। (मत्ती २६:३९) आफ्ना चेलाहरूलाई कसरी प्रार्थना गर्नुपर्छ भनेर सिकाउँदा उहाँले यसो भन्‍नुभयो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईंको नाम पवित्र पारियोस्‌।”—मत्ती ६:९.

 येशूले पुरातन धर्मशास्त्रबाट एउटा भनाइ उद्धरण गर्दा परमेश्‍वरको नाम बताउनुभयो र भन्‍नुभयो: “हे इस्राएल सुन, यहोवा हाम्रा परमेश्‍वर एक मात्र यहोवा हुनुहुन्छ।”—मर्कूस १२:२९; व्यवस्था ६:४.