सीधै सामग्रीमा जाने

के सबै धर्म एउटै हो? सबैले ईश्‍वरलाई खुसी बनाउँछ?

के सबै धर्म एउटै हो? सबैले ईश्‍वरलाई खुसी बनाउँछ?

बाइबलको जवाफ

 अहँ। सबै धर्म एउटै होइन। ईश्‍वरलाई खुसी नबनाउने थुप्रै धर्मबारे बाइबलमा बताइएको छ। यी धर्महरू मुख्य गरी दुई किसिमका छन्‌।

पहिलो किसिम: झूटो देवताको उपासना गर्ने

 बाइबलले झूटो देवताको उपासना गर्नु भनेको “व्यर्थ” र “भ्रम” हो भनी बताउँछ। (यर्मिया १०:३-५; १६:१९, २०) यहोवा a परमेश्‍वरले पुरातन इस्राएल राष्ट्रलाई यस्तो आज्ञा दिनुभयो: “मेरो सामने तैंले अरू कुनै देवता-देवीहरू नमान्‍नू।” (प्रस्थान २०:३, २३; २३:२४) इस्राएलीहरूले अन्य देवताको उपासना गर्दा यहोवा “रिसाउनुभयो।”—गन्ती २५:३; लेवी २०:२; न्यायकर्त्ता २:१३, १४.

 ईश्‍वर आज पनि झूटा देवताहरूको उपासना गर्ने कुरालाई त्यसरी नै हेर्नुहुन्छ। (१ कोरिन्थी ८:५, ६; गलाती ४:८) ईश्‍वरले आफ्नो उपासना गर्न चाहनेहरूलाई झूटा देवताहरूको उपासकसित सङ्‌गत नगर्न आज्ञा दिनुभएको छ। उहाँ भन्‍नुहुन्छ: “तिनीहरूमाझबाट निस्केर आओ र आफूलाई अलग पार।” (२ कोरिन्थी ६:१४-१७) यदि सबै धर्म एउटै हो र यसले ईश्‍वरलाई खुसी बनाउँछ भने ईश्‍वरले यस्तो आज्ञा किन दिनुपर्थ्यो र?

दोस्रो किसिम: साँचो ईश्‍वरलाई स्वीकार्य नहुने तरिकामा उहाँको उपासना गर्ने

 कहिलेकाहीं इस्राएलीहरूले झूटा देवताहरूलाई जसरी उपासना गर्थे त्यसरी नै यहोवाको पनि उपासना गर्थे। तर साँचो धर्म र झूटो धर्म मिसाएर उपासना गर्ने कुरा यहोवालाई स्वीकार्य थिएन। (प्रस्थान ३२:८; व्यवस्था १२:२-४) येशूले आफ्नो समयका धर्मगुरुहरूको उपासना गर्ने तरिकाको घोर भत्सर्ना गर्नुभयो। तिनीहरू आफू धर्मी छु भनी टोपल्थे। तर ती कपटीहरू ‘न्याय, कृपा र विश्‍वासीपन जस्ता व्यवस्थाका गहकिला कुराहरूलाई चाहिं वास्तै गर्दैनथे।’—मत्ती २३:२३.

 त्यस्तै आज पनि सत्यमा आधारित धर्मले मात्र ईश्‍वरलाई खुसी बनाउँछ। त्यस्तो सत्य बाइबलमा पाइन्छ। (यूहन्‍ना ४:२४; १७:१७; २ तिमोथी ३:१६, १७) बाइबलको शिक्षासँग नमिल्ने धर्महरूले मानिसहरूलाई ईश्‍वरबाट तर्काउँछ। थुप्रैले त्रिएकको शिक्षा, अमर आत्मा, र नरकको शिक्षा बाइबलमा आधारित छ भनेर सोच्छन्‌। तर वास्तवमा यी झूटा देवताहरूको उपासकहरूले फैलाएका शिक्षा हुन्‌। त्यस्ता शिक्षाहरूलाई समर्थन गर्ने उपासना ‘व्यर्थको’ वा काम नलाग्ने कुरा हो। किनभने यस्ता किसिमको उपासनाले ईश्‍वरले हामीबाट माग गर्नुभएको कुरा भन्दा अन्य धार्मिक रीतिथितिलाई बढावा दिन्छ।—मर्कूस ७:७, ८.

 धार्मिक कपटीपनालाई ईश्‍वर घृणा गर्नुहुन्छ। (तीतस १:१६) ईश्‍वरसँग नजिक हुनको लागि कुनै धार्मिक रीतिथितिअनुसार चलेर वा औपचारिकता अपनाएर मात्र पुग्दैन। बरु धर्मले मानिसको दैनिक जीवनमा प्रभाव पारेको हुनुपर्छ। उदाहरणको लागि, बाइबल भन्छ: “यदि कुनै मानिसले आफूलाई परमेश्‍वरको उपासक सम्झन्छ तर आफ्नो जिब्रोमा लगाम लगाउँदैन र आफूलाई धोका दिन्छ भने त्यस मानिसको उपासना व्यर्थ हो। हाम्रा ईश्‍वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्‌कष्टमा हेरविचार गर्नु अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।” (याकूब १:२६, २७)