सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू सबै कुरा छ दिनभित्रै सृष्टि भयो भनेर विश्‍वास गर्छन्‌?

यहोवाका साक्षीहरू सबै कुरा छ दिनभित्रै सृष्टि भयो भनेर विश्‍वास गर्छन्‌?

 गर्दैनौं। परमेश्‍वरले नै सबै कुरा बनाउनुभयो भनेर यहोवाका साक्षीहरू विश्‍वास गर्छन्‌। तर हामी सबै कुरा छ दिनभित्रै सृष्टि भयो भनेर चाहिं विश्‍वास गर्दैनौं। किन? किनकि यो कुरा बाइबलको शिक्षासित मेल खाँदैन। तल दिइएका दुई वटा कुरा विचार गर्नुहोस्‌:

  1.  १. सृष्टिको छ दिन २४ घण्टे दिन थिएन। बाइबलमा उल्लेख गरिएको सृष्टिका छ दिनहरू २४ घण्टे दिन थियो भनेर कसै-कसैले दाबी गर्छन्‌। तर बाइबलमा प्रयोग गरिएको “दिन” शब्दले लामो समयावधिलाई पनि बुझाउँछ।—उत्पत्ति २:४; भजन ९०:४.

  2.  २. पृथ्वी केही हजार वर्षअघि मात्र बनेको होइन। पृथ्वी सृष्टि भएको केही हजार वर्ष मात्र भयो भनेर कसै-कसैले सिकाउँछन्‌। तर बाइबलमा बताइएको सृष्टिको छ दिन सुरु हुनुभन्दा अघिदेखि नै यो पृथ्वी अनि ब्रह्‍माण्ड अस्तित्वमा थियो भनेर बाइबल बताउँछ। (उत्पत्ति १:१) त्यसैकारण वैज्ञानिक अनुसन्धानले पृथ्वी खरबौं वर्ष अघि बनेको हो भन्‍ने निष्कर्ष निकालेकोमा यहोवाका साक्षीहरूलाई कुनै आपत्ति छैन।

 हामी यहोवाका साक्षीहरूले सृष्टिकर्तामाथि विश्‍वास गरे तापनि विज्ञानको विरोध गर्दैनौं। विज्ञानले प्रमाणित गरेका कुराहरू बाइबलसित मेल खान्छ भनेर हामीले बुझेका छौं।