सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तनावबाट मुक्‍ति पाउनुहोस्‌

तनावमुक्‍त जीवन सम्भव छ

तनावमुक्‍त जीवन सम्भव छ

बाइबलमा पाइने बुद्धिका कुराहरूले हामीलाई अनावश्‍यक चिन्तामा नडुब्न मदत गर्छ। हामीलाई तनाव दिने सबै कुरा हामी हटाउन सक्दैनौँ। तर सृष्टिकर्ताले भने सक्नुहुन्छ। हामीलाई मदत गर्न उहाँले एक जना व्यक्‍तिलाई नियुक्‍त गरिसक्नुभएको छ। उहाँ येसु ख्रिष्ट हुनुहुन्छ। अब छिट्टै उहाँले पूरै पृथ्वीमा थुप्रै आश्‍चर्यजनक काम गर्नुहुनेछ। पृथ्वीमा मानिसको रूपमा हुनुहुँदा उहाँले जति कामहरू गर्नुभयो, त्योभन्दा ठूलठूला कामहरू गर्नुहुनेछ। जस्तै:

येसुले बिरामीलाई निको पार्नुहुनेछ

“तिनीहरूले विभिन्‍न रोग र पीडाले गर्दा दु:ख पाएका . . . मानिसहरूलाई उहाँकहाँ ल्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो।”—मत्ति ४:२४.

येसुले सबैको लागि गाँस र बासको प्रबन्ध गर्नुहुनेछ।

“तिनीहरूले [ख्रिष्टको प्रजाले] घर बनाउनेछन्‌ र त्यसमा बस्नेछन्‌। तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌। तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन; तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।”—यसैया ६५:२१, २२.

येसुले शासन गर्नुहुँदा सारा संसारमा शान्ति र सुरक्षा कायम हुनेछ।

“तिनको शासनकालमा धर्मी मानिसहरूको फलिफाप हुनेछ, जबसम्म चन्द्रमा रहन्छ, तबसम्म शान्ति छाउनेछ। तिनले एउटा समुद्रदेखि अर्को समुद्रसम्म, युफ्रेटिस नदीदेखि पृथ्वीको कुनाकुनासम्म शासन गर्नेछन्‌। . . . तिनका शत्रुहरूले धुलो चाट्‌नेछन्‌।”—भजन ७२:७-९.

येसुले अन्याय हटाउनुहुनेछ।

“तिनी दीनदुःखी र गरिबहरूमाथि टिठाउनेछन्‌ अनि तिनले गरिबहरूको ज्यान जोगाउनेछन्‌। तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्‌।”—भजन ७२:१३, १४.

येसुले दुःखकष्ट र मृत्युसमेत नामेट पार्नुहुनेछ।

“उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”—प्रकाश २१:४.