सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुद्धि चर्को स्वरले कराउँदै छ​—⁠के तपाईं त्यो सुन्दै हुनुहुन्छ?

बुद्धि चर्को स्वरले कराउँदै छ​—⁠के तपाईं त्यो सुन्दै हुनुहुन्छ?

‘बुद्धि चर्को स्वरले कराउँछ, र समझशक्ति उच्च सोरले पुकार्छ। त्यो दोबाटोहरूमा उभिरहन्छ, बाटोको किनारामा, डाँडाको टाकुरामा त्यो खडा हुन्छ। मूल-ढोकाको छेउमा त्यो चर्को स्वरले कराउँछ।’—हितोपदेश ८:१-३.

बुद्धि अमूल्य छ। बुद्धि नभएको मान्छेले एक पछि अर्को मूर्ख काम गर्छ। त्यसोभए साँचो बुद्धि कहाँ पाउन सकिन्छ? हितोपदेश किताबका लेखकले सृष्टिकर्ताको अतुलनीय बुद्धिबारे बताउन खोज्दै थिए। सबै मानिसले एउटा विशेष किताब अध्ययन गरेर सृष्टिकर्ताको बुद्धिबारे सिक्न सक्छन्‌। त्यो किताब हो, बाइबल। तल दिइएका केही कुराहरू विचार गरौं:

  • द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ: “संसारको इतिहासमा सबैभन्दा धेरै वितरण गरिएको किताब बाइबल हो। बाइबलजस्तो पटक-पटक अनि थुप्रै भाषामा अनुवाद गरिएको किताब अरू कुनै छैन।” बाइबल पूरा वा आंशिक गरी झन्डै २,६०० भाषामा उपलब्ध छ। त्यसैले विश्वको ९० प्रतिशत भन्दा धेरै मानिसले यो किताब आफ्नै भाषामा पढ्‌न पाएका छन्‌ ।

  • अर्को अर्थमा पनि बुद्धि ‘चर्को स्वरले कराउँदै छ।’ मत्ती २४:१४ मा यसो लेखिएको छ: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”

“सुसमाचार” नै साँचो बुद्धि हो। किनभने यसले मानिसजातिका समस्याहरूको समाधान गर्ने परमेश्वरको बुद्धिमान्‌ उपाय अर्थात्‌ उहाँको राज्यबारे बताउँछ। परमेश्वरको राज्य एउटा सरकार हो, जसले पूरै पृथ्वीमाथि शासन गर्नेछ। (दानियल २:४४; ७:१३, १४) त्यसैले येशूले यसरी प्रार्थना गर्नुभयो: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्।”—मत्ती ६:९, १०.

यहोवाका साक्षीहरू २३९ देश तथा टापुमा परमेश्वरको राज्यबारे सुनाउँदै छन्‌ र यो कामलाई तिनीहरू सम्मान ठान्छन्‌! हो, परमेश्वरको बुद्धि वास्तवमै सहर, गाउँ अनि मानिसहरूको घर-घरको ‘प्रवेशद्वारमा चर्को स्वरले कराउँदै छ।’ के तपाईं त्यो सुन्दै हुनुहुन्छ? (g14-E 05)