सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

E+/taseffski/via Getty Images (Stock photo. Posed by model.)

जागा रहो!

किशोरकिशोरीमा बढ्‌दो मानसिक स्वास्थ्य समस्या—यसबारे बाइबल के भन्छ?

किशोरकिशोरीमा बढ्‌दो मानसिक स्वास्थ्य समस्या—यसबारे बाइबल के भन्छ?

 सन्‌ २०२३, फेब्रुअरी १३ सोमबार, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले (सीडीसी) अमेरिकाका किशोरकिशोरीको मानसिक स्वास्थ्यबारे एउटा रिपोर्ट प्रकाशित गऱ्‍यो। त्यस रिपोर्टमा हाई स्कुलका विद्यार्थीहरूमध्ये ४० प्रतिशतभन्दा धेरै जनालाई लामो समयसम्म दुःख अनि निराशाको भावनाले छोपिरहने समस्याबारे उल्लेख गरिएको छ।

 सीडीसी-को किशोरकिशोरी तथा विद्यालय स्वास्थ्य विभागका (ड्यास) निर्देशक डा. क्याथ्लिन इथ्‌इरले यसो भने: “हुनत विगत १० वर्षदेखि युवाहरूको मानसिक स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै गइरहेको छ। तर अहिले किशोरीहरूको मानसिक स्वास्थ्य समस्याले विकराल रूप लिएको छ। आत्महत्या गर्नेबारे सोच्ने, त्यसो गर्न योजना बनाउने वा साँच्चै आत्महत्या गर्न प्रयास गर्ने किशोरीहरूको सङ्‌ख्या बढ्‌दो छ।”

 सीडीसी-को रिपोर्टअनुसार:

  •   १० मध्ये १ जनाभन्दा (१४ प्रतिशत) धेरै किशोरीलाई तिनीहरूको इच्छाविपरीत यौनसम्बन्ध राख्न जबरजस्ती गरिन्छ। डा. इथ्‌इरले यसो भने: “यो तथ्याङ्‌क साँच्चै डरलाग्दो छ। किनकि १० जनामध्ये १ जना वा सोभन्दा धेरै किशोरी बलात्कारको शिकार भएका छन्‌।”

  •   ३ जनामध्ये लगभग १ जना किशोरीले (३० प्रतिशत) साँच्चै आत्महत्या गर्नेबारे सोचेका छन्‌।

  •   ५ जनामध्ये ३ जना किशोरी (५७ प्रतिशत) निरन्तर दुःख र निराशा महसुस गर्छन्‌।

 यी तथ्याङ्‌कहरू साँच्चै दुःखलाग्दा छन्‌। वास्तवमा युवावस्था भनेको रमाउने र खुसी हुने समय हो। तर मानसिक स्वास्थ्य समस्यासित जुझिरहेका किशोरकिशोरीलाई केले मदत गर्न सक्छ? यसबारे बाइबलमा कस्ता सल्लाहहरू दिइएका छन्‌?

किशोरकिशोरीले बाइबलबाट व्यावहारिक मदत पाउन सक्छन्‌

 आज हामी तनावपूर्ण समयमा बाँचिरहेका छौँ। यसलाई बाइबलमा “असाध्यै कठिन समय” भनिएको छ। (२ तिमोथि ३:१-५) तर संसारभरिका लाखौँ किशोरकिशोरीले बाइबलबाट सधैँ उपयोगी हुने सल्लाह पाएका छन्‌, जसले तिनीहरूलाई विभिन्‍न चुनौतीको सामना गर्न मदत दिएको छ। निम्न बाइबलआधारित लेखहरू विचार गर्नुहोस्‌:

 आत्महत्या गर्ने सोचाइसित सङ्‌घर्ष गरिरहेका किशोरकिशोरीका लागि मदत

 डिप्रेसन, चिन्ता र नकारात्मक सोचाइको सामना गरिरहेका किशोरकिशोरीका लागि मदत

 दादागिरी वा साइबर-बुलिको सामना गरिरहेका किशोरकिशोरीका लागि मदत

 यौन दुर्व्यवहारको सामना गरिरहेका किशोरकिशोरीका लागि मदत

आमाबुबाले बाइबलबाट व्यावहारिक सल्लाह पाउन सक्छन्‌

 आमाबुबाले बाइबलमा पाइने व्यावहारिक सल्लाह प्रयोग गरेर किशोरावस्थाका छोराछोरीलाई विभिन्‍न चुनौतीको सामना गर्न मदत दिन सक्छन्‌। निम्न बाइबलआधारित लेखहरू विचार गर्नुहोस्‌: